एनआइसी एशिया बैंकको नाफा १५ प्रतिशतले नाफा बढ्यो, खुद ब्याज आम्दानी र संचालन नाफा कति ?

१५ कार्तिक २०७८, सोमबार १४:२५

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा चालुआर्थिक बर्षको पहिलो त्रैमासमा बैंक सबैभन्दा धेरै नाफा गर्ने वाणिज्य बैंक बनेको हो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा १५.६४ प्रतिशतले बढेर १ अर्ब १८ करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । वितरणयोग्य नाफा पनि ३८१.१४ प्रतिशतले बढेर २२ करोड ४५ लाख २६ हजार रुपैयाँ पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी रर सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सो अवधिमा बैकको ब्याज आम्दानी ४०.४२ प्रतिशत र सञ्चालन नाफा १४.९३ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको निक्षेप संकलन २०.२९ प्रतिशत, कर्जा लगानी ३९.२६ प्रतिशतले वृद्धि भएको छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर ३९ रुपैयाँ ६५ पैसामा आएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*