कीर्ते कागजातका आधारमा बीमा दावी नगर्न बीमा समितिको चेतावनी

१५ कार्तिक २०७८, सोमबार १३:५८

काठमाडौं । बीमा समितिले बीमा दावी भुक्तानीको लागि कीर्ते कागजात पेश नगर्न चेतावनी दिएको छ ।बीमा समितिले आज एक सूचना जारी गर्दै बीमा व्यवसायसँग सम्वद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरुमार्फत बीमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगी लगायतका बीमासम्बन्धी कसूरहरु हुने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बीमलेख तयार गर्ने गरेको र हुँदै नभएका घटनाहरुका कीर्ते कागजातहरु पेश गरी ठगी गर्ने नियतले बीमा दाबी भुक्तानीको प्रयास हुने गरेको भन्ने गुनासाहरु प्राप्त भएको भन्दै नियामक निकाय बीमा समितिले कागजातका बिषयमा ध्यानाकर्षण गराएको हो ।

बीमा समितिले एक सूचना जारी गर्दै कानुन विपरितका क्रियाकलापबाट बीमा व्यवसायमा समेत नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरु पनि पीडित भई बीमाक्षेत्र प्रति जनविश्वास घट्न जानुका साथै बीमा क्षेत्रको शाखमा समेत ह्रास आउने भएकाले त्यस प्रकारका गलत क्रियाकलापमा संलग्न हुने बीमक, बीमकका कर्मचारी, अभिकर्ता, बीमा सर्भेयर र अन्य सम्बद्ध व्यक्ति तथा संस्थाहरुमाथि प्रचलित कानुन बमोजिम कडा कार्वाही गरिने बीमा समितिले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*