मेगा बैंकको खुद नाफा ५०.४६ प्रतिशतले बृद्धि, अन्य सूचक कस्तो ?

१५ कार्तिक २०७८, सोमबार १३:५४

काठमाडौं । मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार बैंकले खुद नाफा बढाएको छ ।

बैंकले पहिलो त्रैमासम्ममा ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.४६ प्रतिशतले बढी हो ।

साथै बैंकले संचालन मुनाफा र खुद ब्याज आम्दानीमा समेत बृद्धि गर्न सफल भएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ८८ करोड ३४ लाख संचालन मुनाफा आर्जन गरेकोमा यस अवधिमा १ अर्ब ३० करोड माथि पुगेको छ । साथै खुद ब्याज आम्दानी पनि यस अवधिमा बढेर १ अर्ब ५१ करोड माथि पुगेको छ ।

समिक्षा अवधिमा बैंकको वार्षिकी प्रतिशेयर आम्दानी (इपीएस) २४ रुपैयाँ २४ पैसा पुगेको छ । साथै मूल्य आम्दानी अनुपात (सिडि रेसियो) १३.६० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*