अभियान लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न, आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

१५ कार्तिक २०७८, सोमबार १३:१०

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव गरेकोमा सो सभाले पारित गरेको छ । कम्पनीले शेयर निष्काशनका लागि रेटिङको काम समेत अगाडि बढाएको छ ।

साथै  सो सभाले आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । साथै अन्य वित्तीय संस्थासँग एक आपसमा गाभिने तथा प्राप्ति गर्ने एजेण्डालाई अनुमोदन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*