लाभांश पारित गर्न आरएसडिसी लघुवित्तको साधारण सभा मंसिर १० गते, बुकक्लोज कहिले ?

१५ कार्तिक २०७८, सोमबार १२:४४

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १० गते शुक्रबार बिहान ९ बजे एशियन होटल, कालिकानगर, बुटवल, रुपन्देहीमा बस्ने गरी आह्वान गरेको हो ।

सभाले कायम चुक्तापूँजी ७३ करोड १९ लाख ५९ हजार रुपैयाँबाट १० प्रीतशत बोनस शेयर र शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) कात्तिक ३० गते गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

साथै सभाले अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।०७८ को वार्षिक अािर्थक विवरण नाफा नोक्सान, वासलात उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८।०७९ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता सभाका एजेण्डा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*