शिवम् सिमेन्टको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

१५ कार्तिक २०७८, सोमबार १२:१७

काठमाडौं । शिवम् सिमेन्टको छैठौं बार्षिक साधारण सभा भोलि (कात्तिक १६ गते) बस्ने भएको छ । सभा सोल्टीमोड काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले यस बर्ष २९ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । विगत ४ बर्ष देखी कम्पनीले लाभाशं वितरण गर्दै आइरहेको छ । कम्पनीले छैठौं साधारण सभाका लागि कात्र्तिक ८ गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले कात्र्तिक ७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको हाल चुक्तापूँजी ४ अर्ब ४० करोड रहेको छ । सोहि चुक्ता पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*