सूर्या लाइफले दियो बीमितको परिवारलाई ४१ लाख ८० हजार रुपैयाँ

१५ कार्तिक २०७८, सोमबार ११:५१

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोेनाबाट ज्यान गुमाएका घोराही उपमहानगरपालिका वडा नं. १५ का लिला बहादर थापाको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीको घोराही शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको ४१ लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीको घोराही शाखाका प्रमुख जनार्दन पौडेलले मृतककी श्रीमती देबा खड्का थापालाई ४१ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । बीमित थापाले गत असारमा ४० लाखको बीमा गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*