सामलिङ्ग पावरको आइपीओ बाँडफाँडको मिति तय, यस्तो छ तयारी

१४ कार्तिक २०७८, आईतवार १८:०१

काठमाडौं । सामलिङ्ग पावरले निष्काशन गरेको आईपीओ मंगलबार बिहान बाँडफाँड हुने भएको छ ।कम्पनीको बिक्री प्रबन्धक एसबिआई क्यापिटलका अनुसार आईपीओको प्रि–अलटमेन्ट गरी स्वीकृतिका लागि बोर्डमा पठाएको जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिन कार्तिक ८ गतेसम्ममा २२ लाख ६५ हजार ६९८ वटा आवेदन परेको थियो ।सर्वसाधारणका लागि माग गरिएको भन्दा ३९ दशमलव ६७ गुणा धेरै हो ।कम्पनीले इलाम जिल्लास्थित माईबेनी जलविद्युत आयोजनाबाट ९ दशमलव ५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*