एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनलबीच ब्यवसायीक सम्झौता

१४ कार्तिक २०७८, आईतवार १७:४८

काठमाडौं । एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेसनलबीच ब्यावसायीक सम्झौता भएको छ । विदेशबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी दुबै बीच समझदारी भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र ट्रान्सक्यासकी क्षेत्रीय दिर्नेशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात यूएई कुुवेत, कत्तार, ओमान, मलेसिया, सिंगापुर, जापान, अस्ट्रेलिया, अमेरीका बस्दै आएका नेपालीहरुले आईपेका एजेन्टहरु, मोबाइल एप, वेबसाइट, एनआईसी एशिया बैंक लगायतका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पाउन सक्नेछन् ।

यसका साथै विदेशबाट पठाएको रेमिट्यान्स रकम एनआइसी एशिया बैंकको शाखा तथा बिस्तारित काउन्टर र १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सहज रुपमा नगद बुझन सकिने ब्यवस्था रहेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*