कुमारी बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा देखियो प्रभाव

१८ कार्तिक २०७८, बिहीबार ०९:३९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अपिरष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले पहिलो त्रैमासको अवधिसम्ममा ५४ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १० दशमलव १९ प्रतिशतले थोरै हो । गत वर्ष बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसाले घटेर १५ रुपैयाँ ६ पैसामा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*