कृषि विकास बैंकको खुद नाफामा सामान्य सुधार , प्रतिशेयर आम्दानी घट्यो

४ मंसिर २०७८, शनिबार १०:५१

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिसम्ममामा ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ५ दशमलव १८ प्रतिशत ले मात्र वृद्धि भएको हो । खुद ब्याज आम्दानी २७ दशलमव ३० प्रतिशत ले बढेर १ अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ पुगेको छ । यद्दपि, सञ्चालन नाफा भने २ दशमलव १२ प्रतिशत ले मात्र बढेर ६२ करोड ४८ लाख ६ हजार रुपैयाँ पुगेको छ । यता, बैंकको वितरणयोग्य नाफामा भने सुधार भएको छ ।

पहिलो त्रैमासम्म यसको वितरणयोग्य नाफा २ करोड ४५ लाख ३२ हजार रुपैयाँ छ । बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ ।
बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष १५ रुपैयाँ ९० पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १४ रुपैयाँ ७० पैसा रहेको छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*