महालक्ष्मी लाइफका सिईओ रमेशकुमार भट्टराई सम्मानित

१४ कार्तिक २०७८, आईतवार १६:२१

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई सम्मानित भएका छन् । विरंगजको रोडियो नारायणीले एक कार्यक्रमकाबीच प्रमुख कार्यकारी अधिकृत भट्टराईलाई सम्मान गरेको हो ।

तीन दशकभन्दा लामो समयदेखि बैंक तथा बीमा क्षेत्रमा सक्रिय रहेका भट्टराई नारायणी एफएमका संस्थापक अध्यक्ष समेत हुन् । संस्थापक अध्यक्षका हिसाबले उनलाई सम्मान गरिएको उक्त एफएमले जानकारी दिएको छ ।बिरगंजमा आयोजित विशेष समारोहकाबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले कदर पत्रसहित सम्मान गरेका थिए ।

One thought on “महालक्ष्मी लाइफका सिईओ रमेशकुमार भट्टराई सम्मानित

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*