साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१४ कार्तिक २०७८, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा सूचीकृत २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक १.९९% ले बृद्धि भएर कारोबार ७ अर्ब भन्दा माथि पुगेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी रहेको छ । कम्पनीको आज एकैदिन ३१ करोड ५७ लाख १५ हजार २७२ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको २८ करोड ३ लाख, एभरेष्ट बैंकको २७ करोड ७९ लाख, सिद्धार्थ बैंकको २४ करोड ३५ लाख, हिमालयन डिस्टिलरीको २२ करोड ९३ लाख र अपि पावर कम्पनीको २२ करोड ७४ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*