उद्यमि विद्यार्थीलाई कर्जा उपलब्ध गराउन नबिल बैंक र पोखरा विश्वविधालयबीच सम्झौता

१४ कार्तिक २०७८, आईतवार १५:०५

काठमाडौं । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत वित्तीय पहुँच र उद्यमशीलता विकासका लागि समझदारी भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र विद्यालयका मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात बैंकले पोखरा विश्वविद्यालयका उद्यमशील विकासमा स्नातक कार्यक्रम अन्तर्गत उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमि विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्नेछ । उक्त कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी उच्च पदस्थ सरकारी कर्मकारी लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*