राष्ट्रिय बाणिज्य बैंकद्धारा १२ पदका लागि ८४२ कर्मचारी माग
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ठुलो सख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै १२ पदका लागि स्थायी ८४२ कर्मचारी माग गरेको हो ।
९ औं तहको लागि बरिष्ठ प्रबन्धकदेखि तह ५ को बरिष्ठ सहायक (सूचना प्रविधिसम्म) का लागि आवेदन माग गरिएको हो । बैंकले २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन), १ जना उपप्रबन्धक (लेखा) माग गरेको छ ।
बैंकले माग गरेको कर्मचारीमा सबै भन्दा बढी छैटौं तहको प्रशासन तर्फको सहायक प्रबन्धक पदमा २०० जना र पाँचौं तहको प्रशासन तफको वरिष्ठ सहायक पदमा १७८ जनको आवेदन माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले कात्तिक १५ गतेदेखि मंसिर ५ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।
अन्य विवरण हेर्नुहोस ः
Im ready
Very importent job please sir I’m ready for job
Ma ichhuka xu
[email protected]