नेपाल पुनर्बीमाको नयाँ संचालक थपिए

१४ कार्तिक २०७८, आईतवार १२:५७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संचालक समितिको सदस्य पदमा रितेश कुमार शाक्य र मदन पोखरेललाई नियुक्त गरेको छ ।

नेपाल सरकार (मन्त्रीस्तर)को कात्तिक ९ गतेको निर्णयअनुसार रितेश कुमार शाक्य र नेपाल सरकार (मन्त्री परिषद्) को कात्तिक ८ गतेको निर्णयअुनसार मदन पोखरेललाई संचालक समितिको सदस्य पदमा नियुक्त गरेको हो ।

साथै मन्त्रीपरिषद्को कात्तिक ८ गतेको निर्णयअनुसार पोखरा महानगरपालिका–२९ कास्कीका डा. घिमिरेलाई संचालक समितको अध्यक्षमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*