नेशनल लाईफको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१४ कार्तिक २०७८, आईतवार १२:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख ८३ हजार ५९७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीले संस्थापक शेयरधनी प्रुडेन्सियल क्यापिटलको नाममा रहेको २ लाख २५ हजार कित्ता, सञ्जय कुमार सुरेकाको ५ हजार ६४७ कित्ता र देवानन्द सरावगीको ५२ हजार ९५० कित्ता शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिने छ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*