नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ कार्तिक २०७८, आईतवार ११:२३

काठमाडौं । नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम रहेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १५ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २ गते आफ्नो रजिष्टर्ड कार्यालय, कमलादीमा बिहान ११ बजे २७ औं वार्षिक साधारण सभा आव्हान गरेकोे छ ।

उक्त सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*