एनएमबि बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

१४ कार्तिक २०७८, आईतवार ११:१९

काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्न लागको हो ।

बैंकको कात्तिक १२ गते बसेको संचालक ससितिको ४२७ औं बैंठकले गत आर्थिक बर्षको चुक्तापँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ बाट १२ दशमलव ५ प्रतिशत बोनस शेयर र ३ दशमलव ३ प्रतिशत नगद लाभांश गरी कुल १५.८% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*