नेप्सेको प्रमुख कार्यकारीमा दरखास्त खुल्ला, कस-कसले दिन पाउँछन् आवेदन ?

१३ कार्तिक २०७८, शनिबार २३:३३

काठमाडौं । सरकारले नेपालको एक मात्र स्टक एक्सचेञ्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिष्पर्धामार्फत सीईओ नियुक्ति गर्ने भएको छ । अर्थ मन्त्रालयले आज एक सार्वजनिक सूचना प्रकाशत गर्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान गरेको हो ।

सरकारले आवेदकहरुलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । अर्थशास्त्र, बाणिज्य, कानुन वा लेखामा स्नातकोत्तर उपाधी हासिल गरेकाले आवेदन दिन सक्नेछन् । अर्थमन्त्रालयले जारी गरेको सूचनामा पाँच वर्षको कार्य अनुभव माग गरिएको छ ।

अर्थमन्त्रालयले छनोटमा परेका उम्मेवारहरुले आफूले गर्नु कामको प्रस्तुतिकरण समेत पेश गर्नुपर्ने उल्लेख गरेको छ । उम्मेदवारको लागि तीन हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ ।

नेपाल स्टक एक्सचेन्जका तत्कालिन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहिन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*