क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक ल्याब सेवा शुभारम्भ, मोबाईलमै रिर्पोट हेर्न पाईने

१३ कार्तिक २०७८, शनिबार १२:४२

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक चौबिसै घण्टा ल्याब सेवा (प्रयोगशाला) शुभारम्भ गरेको छ।आज एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न गरेको हो ।

विसं २०१३ साल स्थापित अस्पतालको सेवा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो।यो सेवा सुरु भएसँगै काठमाडौं महानगरपालिका स्थानीय बासिन्दा र आसपासका सर्वसाधारणले सहज रुपमा उक्त प्याथोलोजी ल्याबबाट सेवा सुविधा पाउने भएका छन् ।

उक्त प्याथोलोजि ल्याबको समुद्घाटन प्रमुख अतिथिका रुपमा रहेका बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरले गरेका हुन् । सांसद मानन्धरको पहलमा वागमती प्रदेशको पूर्वाधार विकास साझेदारी कार्यक्रम २०७७।०७८ अन्तर्गत प्राप्त अनुदान ५० लाख रुपैयाँबाट उक्त ल्याबको निर्माण भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मानन्धरले राम्रो कामको प्रारम्भ गर्न पाएकोमा खुशि व्यक्त गरेका छन् । सांसद मानन्धरले वागमती प्रदेश सभाको सदस्यको रुपमा निर्वाचित भएको प्रारम्भिके समयदेखि नै चिकित्सालयको स्तरोन्नती गर्नमा लागिपरेको बताउँदै भने “प्रदेश पूर्वाधार अन्तर्गत छत्रपाटी निःशुल्क चिकित्सालयमा गर्न सकिने कामहरु के–के हुन सक्छन् भन्ने सन्दर्भमा ल्याबको कुरा र पुर्ननिर्माणको कुरा उठ्यो र हामीले कति बजेट लाग्छ भन्ने कुराको सोच बनाएका थियौं र त्यसलाई प्राथमिकताको रुपमा अघिल्लो आर्थिक वर्षको बजेटबाट ५० लाख रुपैयाँ बिनियोजन गर्यो ।”

साथै सांसद मानन्धरले पारदर्शि ढंगबाट काम सम्पन्न गरेको र सरकारका बजेटलाई परिचालन गर्ने क्रममा उपयुक्त ठाउँमा सदुपयोग गरी त्यो कार्यक्रमलाई अघि मात्र बढाएको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले सांसद मानन्धरलाई धन्यवाद प्रकट गर्दै उक्त प्याथोलोजी ल्याबको निर्माण गर्नमा विशेष भूमिका निर्वाह गर्ने सल्लाहकार मनिराज लवतलाई धन्यवाद प्रकट गरेको छ ।

साथै उक्त ल्याब निर्माणमा सुरुदेखि अन्त्यसम्म सहयोग गर्ने संचालक समिति र प्रशासन तथा अस्पतालका म्यानेजरलाई समेत विशेष धन्यवाद ज्ञापन गर्दै उनले भने, “अब आउने केही समयभित्रै प्याथोलोजी ल्याबको रिर्पोट तपाईहरुको मोबाइलमा हेर्न मिल्ने सुविधा संचालन हुन गइरहेको छ ।”साथै साही कार्यक्रमलाई समापन गर्दै अध्यक्ष श्रेष्ठले उक्त चिकित्सालयमा कार्यरत डाक्टर तथा नर्सहरुलाई चाहिने सम्पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अस्पतालले विश्वस्तरीय प्रयोगशाला संचालनमा ल्याएको जानकारी दिँदै क्षेत्रपाटी अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठले अब सबै किसिमका रोगहरुको परिक्षण अस्पताल मार्फत नै हुने बताए।अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष मनोजमान श्रेष्ठले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । ल्याब संचालनमा आएपछि अब जटिल किसिमका रोग पत्ता लगाउन साथै उपचार सेवाकालागि समेत सेवाग्राहीले टाढा जानु नपर्ने बताइएको छ ।

समयमै रोगको पहिचान हुन नसक्दा अन्य अस्पतालहरुमा पठाउनुपर्ने समस्या न्यूनिकरण भएको बताउँदै अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठले सबै किसिमका रोगको पहिचान साथै उपचार सेवाकालागि एक पटक क्षे त्रपाटी अस्पताललाई समयमै सेवा गर्ने अवसर प्रदान गर्न सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।साथै साही कार्यक्रमलाई समापन गर्दै अध्यक्ष श्रेष्ठले उक्त चिकित्सालयमा कार्यरत डाक्टर तथा नर्सहरुलाई चाहिने सम्पूर्ण स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष नबिन मानन्धर लगायत संचालक समितिको उपस्थिति रहेको थियो

।क्षेत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कूल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन सिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ ।

हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा र आजदेखि अत्याधुनिक चौबिसै घण्टा संचालन हुने ल्याब पनि थपिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*