खाना पकाउने ग्याँसदेखि पेट्रोलसम्मको मूल्य बढाउने सरकारको निर्णय, कुनको मूल्य कति पुग्यो ?

१३ कार्तिक २०७८, शनिबार ०६:०३

काठमाडौं । सरकारले खानो पकाउने एलपि ग्याँसदेखि पेट्रोल लगायतका सबै प्रकारको इन्धनको मूल्य बढाउने निर्णय गरेको छ ।

नेपाल आयल निगमले आज शनिबारदेखि लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल, मट्टितेल प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको छ । यसअघि प्रतिलिटर १३० मा पाइने पेट्रोलको मूल्य लिटरको १ सय ३३ रुपैयाँ र डिजलको मूल्य १ सय १६ रुपैयाँ पर्नेछ । साथै निगमले हवाई इन्धनको मूल्य प्रति लिटर १० रुपैयाँले बढाएको छ । यसअघि ८६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अब ९६ रुपैयाँ पुगेको छ ।

उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पुर्याउने गरी खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ५० रुपैयाँ मूल्य बढाएर १५ सय रुपैयाँ पु¥याएको छ । यसअघि १४५० रुपैयाँमा पाइने ग्याँस थप महंगो भएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा आएको मूल्यबृद्धिका कारण इन्धनको मूल्य बढाउनु परेको जनाएको छ । आजदेखि लागू हुने गरी बढाइएको मूल्यले समेत बढ्दो घाटा धान्न नसक्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । नयाँ मूल्य कायम पछि पनि निगमलाई मासिक एक अर्ब ८७ करोड रुपैयाँ हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*