नेपाल पुनर्बीमा कम्पनीलाई अन्तराष्ट्रिय स्तरको कम्पनी बनाउने नवनियुक्त अध्यक्ष डा.घिमिरेको प्रतिवद्धता

१२ कार्तिक २०७८, शुक्रबार १८:०५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा। रविन्द्र घिमिरेले विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनियुक्त अध्यक्ष डा। घिमिरेले कम्पनीलाई नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्टिय अभ्यासलाई आत्मसात गर्दै एक दिगो सबल र विश्वासनीय तथा विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता गरेका हुन्।

कम्पनीको संचालक समितिको अध्यक्षमा चयन गरेकोमा रविन्द्र घिमिरले नेपाल सरकार प्रति आभार ब्यक्त गरेको छ । घिमिरेले एक प्रेस नोट सार्वजनिक गर्दै आभार ब्यक्ति गरेका हुन ।
कम्पनीलाई नेपाल सरकारका नीति नियम, नियमनकारी निकायको निर्देशन तथा अन्तर्राष्टिय अभ्यासलाई आत्मसात गर्दै एक दिगो सबल र विश्वासनीय तथा विश्वस्तरीय पुनर्बीमा कम्पनीको रुपमा विकास गर्दै लैजाने प्रतिबद्धता गरेका छन् ।

उनले आफ्ना कार्यकालमा एक सशंक्त कम्पनी स्थापित गर्न भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय, बीमा समिति, नियमनकारी निकाय, विभिन्न संस्था, विज्ञ, ब्यवसायी र पत्रकारलाई आवश्यक सहयोगका लागि अनुरोध गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*