नेपालगन्जमा एनआईसि एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

१२ कार्तिक २०७८, शुक्रबार ११:४९

काठमाडौं । एनआईसि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा कार्तिक ११ गते बाँके जिल्लाको नेपालगन्ज उप महानगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्र कुमार जोशी, जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रहरी नायव निरिक्षक जनक बहादुर बुढा तथा एन आई सी एशिया लघुवित्तक चपरगौडिका उप–प्रदेश प्रमुख जनक बस्नेतको आतिथ्यमा शाखा कार्यालयहरु खजुरा, मिलनचोक र गनपुरको गरी १०० जना सेवाग्राही सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा शुभ दिपावली, छठ पर्वको को शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत बचत, कर्जा, खर्च व्यवस्थापन, उद्यमशीलता, पैसाको महत्व, वित्तीय साक्षरताको महत्व, कर्जा सदुपयोगिता, सफलताका कथा, कर्जा कारोबार गर्दा ध्यान दिनु पर्ने कुराहरु, असल तथा खराब ऋणी लगाएतका विषयमा भिडियो सामाग्री समेत प्रस्तुत्त गरिएको थियो ।

कार्यक्रमको सुरवातमा समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा व्यवसायी दिपेन्द्र कुमार जोशीले उद्यमशीलता, लघुवित्तको महत्व, कर्जा सदुपयोगिताका बारेमा आफ्नो मनत्वय राख्दै आफु पनि व्यवसायी रहेको र विगतका दिनमा थोरै पूँजी लिई व्यवसाय सुरु गर्दा आएका कठिनाईको अनुभव साट्दै लगनशील भई व्यवसाय सुरु गर्ने हो भने पक्कै सफलता प्राप्त गर्न सकिन्छ भन्ने भनाईका साथ आफ्नो सफल्ताको कथा सुनाएका थिए । उनले समुदायिक प्रहरी सेवा केन्द्रले अन्य विभिन्न सामाजिक विकृतिका बारेमा जनचेतना तथा परिवर्तनका लागि काम गरिरहेको समेत उल्लेख गरेका थिए ।

कार्यक्रमको समापनमा बोल्दै प्रहरी नायव निरिक्षक जनक बहादुर बुढाले सम्पूर्ण सहभागीहरुलाई विद्युत्तीय उपराध तथा अन्य सामाजिक समस्याका बारेमा जानकारी प्रदान गरेका थिए । साथै, अनौपचारिक माध्यबाट वित्तीय कारोबार गर्दा ठगिने लगायत अनेक समस्या आइपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्थाबाट मात्र कारोबार गर्न अनुरोध गरेका थिए । त्यस्तै, उपस्थित सेवाग्राही सदस्यहरुलाई कर्जा लिएपछि त्यसको सहि सदुपयोग गरि अनावश्यक कानुनी झमेलामा नपर्न समेत सुझाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*