बर्दियाको भुरीगाउँमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बिस्तार

१२ कार्तिक २०७८, शुक्रबार ११:३९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका १ भुरीगाउँमा शाखा बिस्तार गरेको हो ।

बैंकको कात्तिक १३ गते गर्ने १७ औं वार्षिकोत्सवको अवसर पारी शाखा बिस्तार गरेको जनाएको छ । बिस्तारित शाखा कार्यालयबाट बैंकले दिदै आइरहेका सम्पूर्ण बैंकिङ सेवा सुविधा दिने बैंकले जनाएको छ । अब बैंकका ग्राहकहरुले उक्त शाखा कार्यालयमा सहज र सरल रुपमा सेवा बैंकिङ सेवा लिने वातावरण बन्ने विश्वास बैंकले लिएको छ ।

थप एक शाखा कार्यालय बिस्तार गरेसँगै हाल बैंकले देशभरका ९९ औं शाखा कार्यालयबाट बैंकिङ सेवा सुविधा पुराउदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*