सोल्टी हस्पिटालिटीको साधारण सभाको मिति तय, बुक क्लोेज कहिले ?

१२ कार्तिक २०७८, शुक्रबार ११:३७

काठमाडौं । सोल्टी हस्पिटालिटी लिमिटेडको आठौं साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी तय भएको हो ।साधारण सभा प्रयोजनका लागि काात्तिक १७ गतेदेखि मसिर ३ गतेसम्म बुक क्लोज हुने भएकाले कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने छन् ।

कम्पनीको भदौ २९ गते बसेको संचालक समितिको बैंठकले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक बर्षको लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*