सनराइज क्यापिटलको ११ औं बार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
१२ कार्तिक २०७८, शुक्रबार १०:५६
काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारण सभा आज (कात्तिक १२ गते) हुँदैछ । सभा काठमाडौंको कमलपोखी स्थित कम्पनीको कार्यालयमा दिउँसो २ बजेका लागि आव्हान गरेको हो ।
असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, उक्त साधारण सभाले गत आर्थिक बर्ष २०७७।०७८ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, चालु आर्थिक २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।