आशा र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

१२ कार्तिक २०७८, शुक्रबार १०:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेम) मा आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । यी दुई कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम स्वरोजगार लघुवित्तको १५९० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १२७२ रुपैयाँ समायोजन गरेको छ । त्यस्तै आशा लघुवित्तको अघिल्लो दिन कायम १८९९ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य १५९२ रुपैयाँ ९२ पैसा समायोजन गरेको छ ।

यी दुवै लघुवित्तले २५ प्रतिशत बोनस शेयर वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*