मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै

१२ कार्तिक २०७८, शुक्रबार ०७:५७

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदैछ । आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुने कम्पनीको बिक्रि हुँदैछ । कम्पनीको आइपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो ।

कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*