नबिल बैंकले धादिङकोे गजुरीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

११ कार्तिक २०७८, बिहीबार २१:५५

काठमाडौं । नबिल बैंकले धादिङ जिल्लाको गजुरीमा वित्तीय साक्षरता सम्पन्न सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ । समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गजुरी गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्ष गरेका हुन ।

उक्त सम्झौता पश्चात विभिन्न गाउपालिकाले दिने उद्यम सम्बन्धी कार्यक्रम तथा तालिम लिएर गाउँपाालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने र विभिन्न कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्न बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*