रिडि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने गुमाउन कम्पनी

११ कार्तिक २०७८, बिहीबार १५:१८

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको कारोबार भएको छ ।

आज पूँजी बजारमा २२२ कम्पनी कारोबामा आएका छन् । ती कम्पनीमध्येमा आज रिडि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, मनकामना स्मार्ट लघुवित्तको ९.३९ प्रतिशत अंक, हिमालयन पावर पार्टनरको ९.२४ प्रतिशत अंक, जीवन विकास लघुििवत्तको ८.५७ प्रतिशत अंक र गरिमा विकास लघुवित्तको ८.२५ प्रतिशत अंकले बृद्धि भएको छ ।

त्यस्तै आज गुमाउने कम्पनीहरुमा एभरेष्ट इन्स्योरेन्सको ७.७९ प्रतिशत अंक, एनएमबि हाइब्रिड फण्ड–१ को ३.१८ प्रतिशत अंक, गुराँस लाइफ इन्स्योरेन्सको २.६९ प्रतिशत अंक र सिटिजन्स म्युचुल फण्ड–२ को २.६७ प्रतिशत अंकले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*