सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्
११ कार्तिक २०७८, बिहीबार ०८:४२
काठमाडौं । सानिमा माई हाइड्रोपावरको साधारण सभा आज हुँदैछ । सभा सेलिबे्रसन हाइट सुकेधारा काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय भएको हो ।
उक्त साधाराण सभाले १० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि असोज १८ गते बुक क्लोज गरिसकेकाले असोज १७ गतेसम्म कायम शेयरधनीले मात्र उक्त सभामा भाग लिन र लाभांश पाउनेछन् ।