नेपाल बङंलादेश बैंकद्धारा ९० भायल रेम्डिसिभिर औषधि शुक्रराज ट्रपिकललाइ हस्तान्तरण

१० कार्तिक २०७८, बुधबार १७:४१

काठमाडौं । नेपाल बङंलादेश बैंक लिमिटेडले ९० भायल रेम्डिसिभिर औषधी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई सहयोग स्वरूप प्रदान गरेको छ । बैंकले आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

उक्त औषधि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरेका हुन् । नेपालमा बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै बैंकले अस्पताललाई औषधि हस्तान्तरण गरेको हो । उक्त औषधी बङंलादेशका लागि नेपालका राजदूत महामहिम वंशीधर मिश्रलाई ढाकामा रहेको नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*