आइएमई लाइफले सातै प्रदेशबाट माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशबाट कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै दुई पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो ।
कम्पनीले सातै प्रदेशबाट एरिया ब्रान्च म्यानेजर ७ जना, ब्रान्च इन्चार्ज ३८ जना कर्मचारी माग गरेको छ । जसको लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले सेल्स एक्ज्युकिटिभ।अफिस असिस्टेन्ट पनि सातै प्रदेशबाट २० जना कर्मचारी माग गरेको छ । सो पदका लागि स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जानकारी गराएको छ ।
इच्छुक योग्यता पुगेका व्यक्तिले कात्तिक २४ गतेभित्र आवश्यक कागजात सहित कम्पनीले इमेल [email protected] मार्फत अनलाईन दरखास्त दिन सक्नेछन् ।
सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम
I want to do job in office assistant in karnali pradesh
I am interested
मेरो योग्यता +२छ तर म काम गर्न सक्छु
Area in charge