सात दिने प्रष्टीकरणसहित ट्रेड युनियनले स्वावलम्वन लघुवित्तलाई माग्यो लिखित सष्टीकरण

९ कार्तिक २०७८, मंगलवार २०:३१

स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधिएको सम्बन्धमा संगठनले विज्ञप्ती जारी गरेको छ । स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनले रितपूर्व बिदाई नदिई यस्तो कार्य गरेको कारण लघुवित्तलाई ध्यानामाकर्षण गराएको छ। स्वावलम्वन लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनले ट्रेड युनियनले लिखित सष्टीकरण पेश गर्न माग गरेको छ।

१। २०७७ माघ २८ गते लघुवित्त संस्थाको व्यवस्थापन र कर्मचारीबीच कर्मचारीको सेवा सुविधा, पदोन्नति लगायतका विषयमा १७ बुँदे लिखित सहमति भएको ।
२। सहमति कार्यान्वयन नभएपछि २०७७ फागुनदेखि सहमति कार्यान्वयनका लागि दबाब दिएको ।
३। बैशाखदेखि सुरु भएको निषेधाज्ञाका कारण कार्क्रम स्थगित भएको ।
४। निषेधाज्ञा खुकुलो भएपछि शान्तिपूर्ण धर्ना शान्तिपूर्ण धर्ना बसेको ।
५। डेढ महिना धर्ना बस्दा पनि माग सुनुवाई नभएपछि नाराबाजी लगायत अन्य कार्यक्रम गर्दै आएको ।
६। कात्तिक ५ गते ७ जना कर्मचारीलाई ब्यवस्थापनले स्पष्टीकरण पेश गर्न पत्र पठाएको । कार्यालयमा हाजिर भएका कर्मचारीलाई गाउँको ठेगानामा चिठी पठाइएको ।
७। पत्रिकामा सूचना समेत निकालेर सामाजिक रुपमाम चरित्रहत्या गर्न खोजेको ।

यसबारे राष्ट्र बैंकमा उजुरी समेत दिइसकिएको छ । तर राष्ट्र बैंकले हालसम्म छलफलका लागि बोलाएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*