मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने

९ कार्तिक २०७८, मंगलवार २०:०७

मध्य भोटेकोशी जलविद्युतको आइपीओमा शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । कम्पनीको आइपीअ‍ोमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४।१९ गुणा बढी हो ।

कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५५ अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४५ अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*