नेप्से ७८ अंकले बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार, कामना सेवा विकास बैंकको सर्वाधिक

९ कार्तिक २०७८, मंगलवार १५:१७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २.९५ प्रतिशतले बृद्धि भएको छ । आज नेप्से परिसूचक ७८.८२ अंकले बृद्धि भई २७५१.०७ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हँुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । प्रतिशतका आधारमा सबैभन्दा फाइनान्स समूहमा बृद्धि भएको छ भने रुपैयाँका आधारमा जीवन बीमा समूहमा बृद्धि भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा कामना सेवा विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँको कारोबार भएको हो ।

साथै आज वेष्ट फाइनान्स र ङादी ग्रुप पावर सहित १८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*