नबिल बैंकले सुर्खेतको बाराहताल गाउँपालिकाका उद्यमीलाई कर्जा उपलब्ध गराउने

९ कार्तिक २०७८, मंगलवार १४:५३

काठमाडौं । नबिल बैंक लिमिटेडले सुर्खेतको बाराहताल गाउँपालिकासँग दिगो बैकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ । बैंकले सुर्खेतको बाराहतालमा सम्पन्न गरेको दिगो बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रममा गाउँपालिकासँग समझदारी भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नबिल दिगो बैकिङका प्रबन्धक लीलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार गाउँपालिकाहरुले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउनेछ ।

साथै सम्झौताअुनसार त्यस्ता कार्यक्रम तथा तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त दिगो बैकिङ तथा वित्तीय साक्षरता कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुको साथै अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*