नेपाल बैंकद्धारा लाभांश वितरण गर्ने प्रस्ताव
८ कार्तिक २०७८, सोमबार ११:५८
काठमाडौं । नेपाल बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।गत आवको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर समेत गरेर कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।