फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि बिक्रीमा

८ कार्तिक २०७८, सोमबार १०:३४

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि (कात्तिक ८ गते) देखि संस्थापक शेयर समूह तर्फको शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*