सामलिङ्ग पावरको आईपीओमा ३१ गुणा बढीको आवेदन

७ कार्तिक २०७८, आईतवार १९:२३

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आजसम्म ३१ गुण बढीले आवेदन दिएको छ । आइतबारसम्म कुल ३१.१२ गुणा बढी आवेदन परेको हो ।

कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जस अन्र्तगत ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारण, १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुटाएको हो । आइपीओमा आवेदन दिने आज साँझ ५ बजेसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट कुल २ करोड ११ लाख ३२ हजार ५७० कित्ता सेयर माग भएको छ ।

यो आईपीओमा भोलि (कात्तिक ८ गत) सम्म आवेदन दिन सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*