रोट्रयाक्ट क्लव अफ पर्वत पोखराको छैठौं पदस्थापना समारोह सम्पन्न

७ कार्तिक २०७८, आईतवार १४:०४

काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले छैठौं पदस्थापना समारोह सम्पन्न गरको छ । ‘मित्रताको माध्यमवाट सेवा’ भन्ने मुल आदर्श वोकेको युवाहरुको सेवामुलक अन्तर्राष्ट्रिय संस्था रोट्याक्ट क्लव अफ पर्वत पोखराले छैठौं पदस्थापना समारोह भव्यताका साथ शनिवार पोखरामा सम्पन्न गरेको हो ।

रोटरी इन्टरनेशनल, रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्र्तगत ७ वर्ष पहिले पोखरामा स्थापना भएको उक्त रोट्याक्ट क्लवले पोखरा लगायत देशका विभिन्न स्थानमा स्वास्थ्य, शिक्षा, सामाजिक विकास एवम् मानवीय सेवाको क्षेत्रमा कार्य गर्दै आईरहेको छ । पदस्थापना समारोहमा वर्ष २०२०/२१ की अध्यक्ष अनिता सोतीले वर्ष २०२१/२२ का अध्यक्ष सुस्मा प्रसाईलाई औपचारिक रुपमा अध्यक्ष पद तथा जिम्मेवारी हस्तान्तरण गरेकी हुन् ।

पद तथा तथा जिम्मेवारी हस्तान्तरण पश्चात अध्यक्ष प्रसाईले पद ग्रहण गर्दै गतको वोर्डको सफल कार्यकालको लागि हार्दिक वधाई दिंदै आफ्नो कार्यकाललाई थप दिनदुखीको सेवामा समर्पित गर्ने बताईन् । स्वीकारोक्ती मन्तव्यसंगै अध्यक्ष प्रसाईले आफ्नो वोर्डको परिचयको साथ पदस्थापना समेत गरेकी थिइन् ।

क्लवको सौजन्यदाता रोटरी क्लव अफ पर्वत एवम् नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड समूहका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले पदस्थापना समारोहको दिप प्रज्वलन गरी समूद्घाटन गरेका हुन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै अतिथि प्रसाईले आफ्नो पसिनाको केही अंशवाट थोपा थोपा स्रोत संकलन गरी दीन दुखीको सेवामा समर्पित रोटरी रोट्याक्ट जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाको मानवीय सेवामा महत्वपुर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा वर्षभरमा उत्कृष्ठ योगदान गर्ने क्लव मेम्वरलाई सम्मानित गरिएको थियो भने गरिवी न्यूनिकरणको क्षेत्रमा योगदान गरे वापत नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका उत्कृष्ठ शाखा प्रवन्धकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा रोट्याक्ट युवा उद्यमी सम्मान, २०७८ वाट पर्वत जिल्ला विहादी गाँउपालिका, वडा नं. १ निवासी नविन पाठकलाई प्रदान गरिएको छ ।

नेष्डो नेपालको सौजन्यमा हरेक वर्ष नगद पुरस्कार सहित दिईने उक्त सम्मान यस वर्ष युवा अवस्थामा नै पाठक पशु फार्म स्थापना गरी परिवारका ४ जनालाई स्वःरोजगार र अन्य २ जनालाई रोजगारी दिए वापत प्रदान गरिएको क्लवले जनाएको छ ।

उक्त कार्यक्रममा नेष्डो समृद्ध लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विश्व प्रकाश प्रसाई लगायत अन्य कर्मचारी र क्लबका सम्पूर्ण मेम्बरहरुको सहभागीता रहेको थियो । साथै टुईन्स क्लवको रुपमा रहेको रोट्याक्ट क्लव अफ काँकडभित्ताका केही क्लब मेम्बरहरुको पनि सहभागीता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*