२५% लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो सभा, बुकक्लोज कहिले ?

५ कार्तिक २०७८, शुक्रबार १२:३७

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ ।

कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको २२५ औं बैठकको निर्णयअनुसार १३ औं सभा कात्तिक २७ गते शनिबार नेपाल प्रज्ञान प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको हो ।

सभाले २५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि कात्तिक १२ गते देखि कात्तिक २७ गतेसम्म शेयरधनी दाखिल खारेज (बुकक्लोज) बन्द गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक ११ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य मानिनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*