नेपाल बैंकको संचालकमा अर्थ मन्त्रालयका सहसचिव शाक्य नियुक्त

५ कार्तिक २०७८, शुक्रबार १२:२२

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा रितेश कुमार शाक्यलाई नियुक्त गरेको जनाएको हो ।

बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका सुमन दाहालको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्यलाई नियुक्त गरेको हो । शाक्यले कात्तिक ४ गते संचालक समितिका अध्यक्षबाट सो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*