शिवम् सिमेन्टको साधारण सभा कात्तिक १६ गते, बुक क्लोज कहिले ?

५ कार्तिक २०७८, शुक्रबार ११:२९

काठमाडौं । शिवम् सिमेन्टले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्र्तिक १६ गते होटल सोल्टी सोल्टीमोड काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले यस बर्ष २९ प्रतिशत कर समेत गरी नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । विगत ४ बर्ष देखी कम्पनीले लाभाशं वितरण गर्दै आइरहेको छ ।

कम्पनीले छैठौं साधारण सभाका लागि कात्र्तिक ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जसअुनसार कात्र्तिक ७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको हाल चुक्तापूँजी ४ अर्ब ४० करोड रहेको छ । सोहि चुक्ता पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*