सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने

५ कार्तिक २०७८, शुक्रबार १०:५४

काठमाडौं । सनराइज बैंकका ग्राहकले केएफसी र पिजा हटमा विशेष छुट पाउने भएका छन् । बैंकले यसका लागि देबयानी इन्टरनेशनलसम्ग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलको नायब महाप्रबन्धक रितु राज शाह बीच हस्ताक्षर भएको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकले केएफसी र पिजा हटमामा खाना र बेबरेज को खरिदमा सनराइज बैंकको क्रेडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकले केएफसी र पिजा हटको उपत्यका भित्र र बाहिरको १७ वटा शाखाहरुबाट नै यस छुट लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*