सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७ गुणा बढीको आवेदन

४ कार्तिक २०७८, बिहीबार १८:५८

काठमाडौं ।  सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७।८३ गुणा बडीले आवेदन दिएका छन् ।आजदेखि कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार आज साँझ साढे ५ बजेसम्म यो आईपीओमा ४ लाख ३० हजार ५२१ आवेदकबाट कुल ५३ लाख १८ हजार ५२० कित्ता सेयर माग भएको छ ।मागभन्दा बढी आवेदन परेकोले यो आईपीओको निष्कासन बन्द कात्तिक ८ गते हुने निश्चित भएको छ। योसँगै यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*