मेरो माइक्रोफाइनान्सको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?

४ कार्तिक २०७८, बिहीबार १५:३०

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक १४ अंकले घट्दा पनि मेरो माइक्रोफाइनान्सको शेयरमा भने पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्डको ५.२६ प्रतिशत अंक, आइसिएफसि फाइनान्सको ४.२१ प्रतिशत अंक, सनराइज ब्लुचिप फण्डको ३.८१ प्रतिशत अंक र एनआइबिएल प्रगति फण्डको ३.७० प्रतिशत अंकले बृद्धि भएको छ ।


त्यस्तै, आज घट्ने कम्पनीहरुमा जोशी हाइड्रोपावरको ५.८७ प्रतिशत अंक, गुडविल फाइनान्सको ५.०९ प्रतिशत अंक र ग्रीन डेभलपमेन्ट बैंकको ४.७४ प्रतिशत अंकले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*