दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कार्तिक २०७८, बिहीबार १०:३३

काठमाडौं ।  दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माछापुच्छ्रे बैंक, सानिमा बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती कम्पनीहरुले सभा प्रयोजनका लागि बुक क्लोजको मितिसमेत तय गरिसकेका छन् ।

सानिमा बैंकले कात्तिक १४ गते १७ औं वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ । यस वर्ष उक्त कम्पनीले १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते आइतवार बुक क्लोज गर्ने भएको हो ।

माछापुच्छ्रे बैंकले पनि कात्तिक ७ गतेनै आगामी साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको छ । उक्त कम्पनीले २३ औं वार्षिक साधारण सभा मार्फत १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*