ग्लोबल आइएमई बैंक र एनसेलबीच सम्झौता
३ कार्तिक २०७८, बुधबार २२:२६
काठमाडौं । ग्लोबल आइएमई बैंक र एनसेलबीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकहरुलाई ब्यालेन्स र मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंकका सिईओ रत्नराज बज्राचार्य र एनसेल एक्जियाटाका कार्यकारी निर्देशक एण्डी चोङले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौता अनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु एवम् उनीहरुका परिवार र बाह्यरेमिट्यान्समार्फत आय भएका नेपालीहरुले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।